नयाँ दिल्ली,
राजस्थानकी सुमन रावले ‘मिस इन्डिया २०१९’को ताज पहिरिएकी छन् । मुम्बईको सरदार वल्लभभाइ इन्डोर स्टेडियममा भएको विशेष समारोहमा उनले ताज आफ्नो नाममा दर्ता गर्न सफल भइन् ।
उनलाई ‘मिस इन्डिया २०१८’की विजेता अनुकृत वासले ताज पहिराइ दिइन् । फस्ट रनर अपको उपाधी भने छत्तिसगढकी शिवानी जाधवले जितिन् ।
२० वर्षीया सुमनले थाइल्याण्डमा हुने ‘मिस वल्र्ड २०१९’मा भारतको प्रतिनिधित्व गर्नेछिन् । ताज पहिरिएपछि उनले भनेकी छन्, ‘जब तपाँई जीवनमा एउटा विशेष लक्ष्य समर्पित गर्नुुहुन्छ तब तपाँईको शरीरको नसा–नसा तपाँईको जितका लागि काम गर्न सुरु गर्छ।’
कार्यक्रममा कोरियोग्राफर रेमो डिसुजा, अभिनेत्री हुमा कुरैशी, चित्रांगदा सिंहलगायतको उपस्थिती थियो । कार्यक्रममा कटरिना कैफ, विक्की कौशल र मोनी रायले आफ्नो नृत्य प्रस्तुत गरेका थिए ।










