काठमाडौं । झण्डै १ महिने थाइल्याण्ड बसाईपछि पूर्वराजा ज्ञानेन्द्र शाह नेपाल फर्किएका छन् । पारिवारिक भ्रमणमा रहेका पूर्वराजा शाहसँगै पत्नी कोमल शाह पनि सोमबार स्वदेश फर्किएकी हुन् । उनीहरु गएको जेठ पहिलो हप्ता थाइल्याण्ड गएका थिए ।
उनीहरु थाइल्याण्डमा रहेकी नातिनी पूर्णिका अध्ययनरत विद्यालयले आयोजना गरेको उच्च शिक्षा सम्बन्धी कार्यक्रममा सहभागी हुन गएको पूर्वराजा निकट स्रोतले खजनाएको छ । पुर्वराजा शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरुका समर्थकले भव्य स्वागत गरेका थिए ।
पूर्व राजाको पक्षमा नाराबाजी गर्दै पुर्वराजाका समर्थकलेवर्तमान कम्युनिष्ट सरकारको चर्को आलोचना समेत गरेका थिए । उनीहरुले राजतन्त्रको अन्त्यसँगै नेपालमा भ्रष्टाचार बढ्नुको साथै कृसियन धर्मको दबदबा बढेको भन्दै हिन्दु धर्म तथा परम्परामाथि प्रहार गर्न सरकारले गुठी विधेयक ल्याएको भनदै आपत्ति जनाए । उनीहरुले हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्दै नाराबाजी समेत गरेका थिए । उनीहरुले पूर्व राजारानी को तस्बिर तस्विर अंकित टिसर्ट लगाएर पर्दर्शन गरेका थिय ।