काठमाडौं । धापासीमा ‘स्वीमिङ पुल’ मा डुबेर एक जनाको मृत्यु भएको छ । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका अनुसार मृत्यु हुनेको अहिलेसम्म सनाखत भएको हुनसकेको र्छैन ।
प्रहरीका अनुसार नेचर क्लबमा रहेको ‘स्वीमिङ पुल’मा डुबेर आइतबार अपरान्ह ४ बजे उनी गम्भीर घाइते भएका थिए ।
घाइते भएपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा लगिएको र उपचारकै क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।
प्रहरीले अहिले मृतकको परिचय पत्ता लगाउनका लागि विभिन्न प्रहरी युनिटमा हुलिया परिपत्र समेत गरिरहेको छ ।
प्रहरीले वखडा कार्यालयमा पनि खबर गरिसकेको जनाएको छ । चप्पल लगाएर आएको देखिएकाले नजिकैको भएको प्हरीको अनुमान छ ।
मृतकको सनाखत भएपछि मात्रै पोष्टमार्टम सुरु हुनेछ । त्यसपछि मृत्युको कारणबारे खुल्ने प्रहरीले जनाएको छ ।








