४० ख्याति प्राप्त कलाकारहरुका ५३ कला कृतिहरुको प्रर्दशनिको उद्घघाटन लायन्स डिस्ट्रीक्ट ३२५ बि १ का पुर्ब गभर्नर धुब्र थापा र रेडियो जननीका अध्यक्ष लायन मिलन थापाले पोखरा लेकसाईडको हल्लनचोकमा नगेन आर्ट लञ्ज बारमा उद्घघाटन गरेका छन ।
प्रर्दशनिमा नेपाल प्रञा प्रतिष्ठानका पूर्व कुलपति किरण मानन्धर, रागिनि उपाध्याय, के के कर्माचार्य लगाएतका कलाकारहरुका कलाकृतिहरु रहेका छन ।
लायन्स डिस्ट्रीक्ट ३२५ बि १ का पुर्ब गभर्नर धुब्र थापा र रेडियो जननीको अध्यक्ष लायन मिलन थापाले पोखरामा आर्ट ग्यालरीको अभावको समयमा लञ्ज बारका साथसाथमा कला प्रर्दशनी हुनु कला क्षेत्रको लागी र पोखराको लागी समेत खुसीको कुरा भएको बताए । थापाले पोखरामा अब कलाको विकास हुने विश्वास ब्यक्त गरे ।
करिव २ करोड लगानीमा लेकसाईडको मुख्य चोक, हल्लनचोकमा सञ्चालित लञ्ज एण्ड बारमा करिव २०० जना अट्न सक्ने हल तथा चुस्त ब्यबस्थापन रहेको छ ।

लञ्ज बारमा ग्राहकलाई मनोरञ्जन दिनको लागि हरेक दिन फरक फरक ब्याण्डले साङितिक प्रस्तुती दिने गरेको सगिंत सयोंजक दिपेश पुनले जानकारी दिए ।
लञ्ज बारमा ब्याण्डहरु प्राप्ति एण्ड द ब्रोदर्स, सैनिक सेभियर, विटनेस , द बिल्स, द डिर्पाटेड, द एरोज, सनिम(सोलो आर्टिष्ट), ब्ल्याक रोज, द अरभ, द फियर म्यासिभ रहेको सगिंत सयोंजक दिपेश पुनले जानकारी दिए ।










