समता अस्पतालमा कार्यरत युवतीको शव झुण्डिएको अवस्थामा, अस्पतालको अवस्था तनावग्रस्त



काठमाडौं । समता अस्पतालमा आज एक युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ । सय रुपैयाँमा नागरिकको उपचार गर्दै चर्चामा आएको बौद्धमा रहेको अस्पतालमा क्लिनरको रुपमा कार्यरत २७ वर्षीया विमला तामाङ अस्पतालमै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । उनका आफन्तहरुले अस्पताल परिसरमा तोडफोड गरेका छन् ।
केही समयदेखि उक्त अस्पतालमा क्लिनरको रुपमा कार्यरत रामेछाप दोरम्बाकी हुन् । मृतक तामाङका आफन्तले अस्पतालमा तोडफोड गरेपछि भीडलाई नियन्त्रणमा लिनको लागि प्रहरी परिचालन गरिएको छ ।

यता, अस्पतालका प्रशासनका कुमार बास्तोलाले भने भिडले आफूहरुलाई अस्पताल परिसर भित्र जान नदिएको हुँदा आफ्नै कर्मचारी झुण्डिएको होकी अरु नै भन्ने कुरा यकिन नभएको बताए । प्रहरीले यतिवेला भीडलाई नियन्त्रण लिने काम गरिरहेकाले प्रहरी अनुसन्धान पछि मात्रै वास्तविकता थाहा हुने उनको भनाइ छ ।

प्रकाशित मिति : असार ३, २०७६ मंगलबार  ६ : ०९ बजे