बझाङको मष्टामा भएको जीप दुर्घटना प्रती नेपाली कांग्रेसद्वारा दुख ब्यक्त



काठ्माण्डौ-

नेपाली कांग्रेसले बझाङको मष्टा गाउँपालिका १ मा हिजो भएको जीप दुर्घटना र जनधनको क्षति प्रती दुख ब्यक्त गएको छ ।पार्तिका तर्फबाट सभापती हुँदा ९ जनाको मृत्यु र ४ जना गम्भीर घाइते भएको घटनाप्रति नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले बिज्ञप्तिमार्फत घटना प्रती दुख ब्यक्त गरेका हुन ।

असार ३, २०७६

प्रेस विज्ञप्ति

बझाङको मष्टा गाउँपालिका १ मा हिजो से १ झ १०७२ नं. को जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु र ४ जना गम्भीर घाइते भएको घटनाप्रति नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ । सभापति श्री देउवाले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दैै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ ।

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

प्रकाशित मिति : असार ३, २०७६ मंगलबार  ९ : २५ बजे