मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अस्पतालमा शङ्कास्पद मृत्यु पछी समता अस्पतालका सञ्चालक सन्जेल पत्नी सहित पक्राउ



काठ्माण्डौ-

समता अस्पताल भित्रै झुन्डिएको अवस्थामा फेला परेको शवको खल्तीमा रहेको ‘चिट’लाई आधार बनाउँदै प्रहरीले सञ्चालक उत्तम सञ्जेल र उनकी पत्नीसहित ४ जनालाई पक्राउ गरेको छ।

सस्तोमा शिक्षा र उपचारसमेत गर्ने भन्दै सक्रिय रहेका सञ्जेल सुसाइट नोटका आधारमा परेका हुन्। उत्तम सञ्जेलसँगै उनकी पत्नी र दुई अन्य अफिसका स्टाफलाई प्रहरीले समातेको हो। आज बिहान अस्पताल परिसरभित्र रामेछाप दोरम्बा घर भएकी २७ वर्षीया बिमला तामाङ झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी मल्लले सञ्चालक सञ्जेल, उनकी पत्नी र अन्य दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ ।

अस्पतालमा शङ्कास्पद मृत्युभए पछी समता अस्पताल दिन भरी तनाबग्रस्त बनेको थियो ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  १ : ३४ बजे