डोनल्ड ट्रम्प फेरी अमेरिकि राष्ट्रपतिमा चुनाब लड्दै, दोश्रो कार्यकालका लागी थाले चुनावी अभियान



 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले थप चार वर्षको कार्यकालका निम्ति आफ्नो चुनाव प्रचार अभियानको औपचारिक रूपमा थालनी गरेको बिबिसिले समाचारमा जनाएको छ ।

सन् २०२० मा हुने अर्को राष्ट्रपतीय चुनावका लागि औपचारिक अभियान सुरुवात गर्न उनले फ्लोरिडामा आयोजित एक र्‍यालीलाई सम्बोधन गरेका छन्।

फ्लोरिडा राज्य आफ्नो “दोस्रो घर” भएको बताउँदै उनले समर्थकहरूलाई अर्को चार वर्षको लागि “एक ढिक्का रहन” आग्रह गरे।

उनले विपक्षी डेमोक्र्याटिक पार्टीका सदस्यहरूको आलोचना गर्दै उनीहरूले देशलाई “टुक्रा टुक्रा पार्न” खोजेको आरोप पनि लगाए।

प्रारम्भिक मत सर्वेक्षणहरूले ट्रम्प सम्भाव्य डिमोक्रयाटिक प्रतिद्वन्द्वीहरूभन्दा पछाडि रहेको देखाएका छन्।

ओर्ल्यान्डोको सभामा बोल्दै ट्रम्पले भने, “हामी अमेरिकालाई महान बनाइ राख्ने छौँ। आज म तपाईँहरू सामु उभिएर दोस्रो कार्यकालको लागि संयुक्त राज्य अमेरिकाको राष्ट्रपति निर्वाचिन हुनका लागि औपचारिक रूपमा प्रचार अभियान थाल्दैछु।” बिबिसीबाट

प्रकाशित मिति : असार ४, २०७६ बुधबार  ५ : ३३ बजे