मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अबको एक दुई दिनमा मनसुन नेपाल भित्रिदै, बर्षाको सम्भाबना



काठमाडौं ।

बंगलादेश र भुटानसम्म मनसुन आइसकेकोले अबको एक दुई दिनमा मनसुन नेपाल भित्रिने संकेत देखिएको मौसमविद्ले जनाएका छन् ।

अब बिस्तारै तापक्रम घट्दै जाने र १, २ दिन आशिंकदेखि सामान्य बद्ली भई बेलुका धेरै ठाउँमा पानी पर्नेछ । त्यसपछि मनसुन सूरु हुने हुँदा गर्मी बढ्ने सम्भावना नरहेको मौसमविद्ले बताए । सामान्यतया जुन १० तारिखमा मनसुन नेपाल भित्रिन्छ। यस हिसाबले यस वर्ष मनसुन प्रवेशमा केही ढिलाइ भएको छ।

त्यस्तै आज देशभर वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखा अनुसार आजदिनभरीमा देशका धेरै जसो स्थानमा वर्षा हुनेछ ।

आज मध्यपश्चिम र सुदूरपश्चिमका धेरै स्थानमा वर्षा हुने सम्भावना छ। यी स्थानका तराई क्षेत्रमा पनि आज पानी पर्ने सम्भावना रहेको छ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ७ : २३ बजे