काठ्माण्डौ-
चालू आर्थिक वर्ष २०७५७६ को पहिलो १० महिना अवधिको मूल्यवृद्धि ५ दशलमव ३ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा मूल्यवृद्धि बढी देखिएको हो।
अघिल्लो वर्षको सोही अवधिमा मूल्यवृद्धि ४ दशलमव १ प्रतिशत रहेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको मूल्यवृद्धि २० प्रतिशतभन्दा माथिको वृद्धि देखिएको छ।
बैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४ दशलमव ७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मूल्यवृद्धि ३ दशलमव २ प्रतिशत मात्र रहेको थियो।
१० महिना अवधिमा गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ५ दशमलव ८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा ४ दशमलव ८ प्रतिशत मात्र रहेको थियो।
क्षेत्रगत उपभोक्ता मुद्रास्फीति २०७६ बैशाख महिनामा हिमालमा ६ दशलमव १ प्रतिशत, काठमाडौं उपत्यकामा ६ दशलमव शून्य ५ प्रतिशत, पहाडमा ५ प्रतिशत र तराईमा ४ दशलमव ९ प्रतिशत उपभोक्ता मुद्रास्फीति रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ६ दशलमव ३ प्रतिशत, ३ शदलमव ३ प्रतिशत, ५ दशलमव ७ प्रतिशत र ४ प्रतिशत रहेको थियो।
गत बैशाख महिनामा नेपालको वार्षिक बिन्दूगत उपभोक्ता मुद्रास्फीति ५ शदलमव ३ प्रतिशत र भारतको ३ दशलमलव १ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति ४ दशमलव १ प्रतिशत र भारतको ४ दशमलव ९ प्रतिशत रहेको थियो।
२०७६ बैशाख महिनामा वार्षिक बिन्दूगत थोक मुद्रास्फीति ५ दशलमव २ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति २ प्रतिशत रहेको थियो।