२८ हजार मानिसहरुसगै योग गर्दै मोदिले भने : ‘योग सबैका लागी र सबै योगका लागि’



झारखण्ड-

पाचौ  अन्तर्राष्ट्रिय योग दिवसको अबसरमा भारतिय प्रधानमंत्री नरेंद्र मोदिले झारखण्डको प्रभात तारा मैदानमा २८ हजार मानिसहरुका साथ योग गरेका छन ।

प्रधानमन्त्री मोदिले ४५ मिनट सम्म बिभिन्न १३ योगासन हरु गरेका हुन । उनले योग गर्दै बिश्वभरिका मानिसहरुलाई अंतरराष्ट्रीय योग दिवसको शुभकामना समेत दिएको भारतिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।

त्यहाको प्रभात तारा मैदानमा आयोजित योग शिबिरमा बोल्दै प्रधानमन्त्री मोदिले योग अनुशासन र समर्पणको पर्याय भएको बताए  । उनले योग आयु, रंग, जाति, संप्रदाय, मत, बाद ,धनी- गरीबको भेद्भाब भन्दा पर रहेकोमा जोड दिए , मोदिले ‘योग सबैका लागी र सबै योगका लागि’ भन्दै सबैलाई योग गर्न आग्रह गरेका छन ।मोदिले योगलाई गरीब बस्ती सम्म पनि पुर्याउनु पर्ने आवाश्यकतामा जोड दिएका छन ।

मोदिले बदलिएको समयमा रोगहरुबाट बच्न योगमा लाग्न सबैलाई सुझाब समेत दिदै योग पुरातन भारतीय दर्शनको महत्वपुर्ण हिस्सा रहेको बताए

योग शिबिरमा सहभागी हुन प्रधानमन्त्री मोदी बिहिबार रातीनै झार्खण्ड पुगेका थिय मोदी सगै योग गर्नका लागी करीब ४० हजार मानिस हरुले फारम भरेका थिय ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलेनै अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गरेका थिए ।

सम्बन्धित समाचार-

आज अन्तर्राष्ट्रिय योग दिवस : बिश्वभरी बढ्दैछ योगको महत्व

 

प्रकाशित मिति : असार ६, २०७६ शुक्रबार  ७ : ५५ बजे