असार १० गते नेपाल बन्द सहित बिप्लब नेकपाद्वारा आन्दोलनका कार्यक्रम घोषणा (बिज्ञप्ती सहित्)



काठ्माण्डौ-

आफ्नो पार्टिका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या विरुद्ध नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले
४ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै नेकपाका महासचिव विप्लवले ४ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

आगामी १० गते नेपाल बन्द सहितको आन्दोलन घोषणा गरिएको छ ।ओली नेतृत्वको सरकारले मुठभेडका नाममा देशव्यापी रुपमा निशस्त्र कार्यकर्ता माथिको हत्याश्रृंखला बढाएको मा बिज्ञप्तिमा आपत्ती प्रकट गरिएको छ ।

चैत ७ गते प्रचार–प्रसार, चैत ८ गते कोणसभा तथा घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दकोकार्यक्रम तय गरिएको छ । तेस्तै विज्ञप्तिमा असार ५ गते भएको पौडेल हत्याको छानविनको माग गरिएको छ । असार ५ गते दोहोरो झडपमा पौडेल  मारिएको प्रहरिको दाबी रहेको छ ।

विज्ञप्ति-

प्रकाशित मिति : असार ६, २०७६ शुक्रबार  ८ : २० बजे