मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जलविरेमा पहिरो खस्यो, नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध



चितवन असार, ८– पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

आइतबार बिहान ७ बजेतिर नारायणागढ मुग्लिन सडकखण्डको जलविरेमा पहिरो गएकाले गाडी चल्न नसकेको प्रहरीले जनाएको छ ।
गाडी नचलेपछिे यात्रु बाटोमै रोकिएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले अहिले पहिरो पन्छाउने प्रयास भइरहेको जनाएको छ । वर्षा याममा पटक–पटक पहिरो जाँदा यो सडक खण्डमा यात्रुलाई सास्ती हुने गरेको छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  २ : १६ बजे