उदयपुर-
उदयपुरको कटारी नगरपालिका ४ मरुवाकी ३० वर्षीया सीता राईले आफ्नी सौता २० वर्षीया लक्ष्मी राईको चक्कुले घाँटी रेटेर हत्या गरेकी हुन् ।
३१ वर्षीय श्रीमान् प्रधान राईले कान्छी श्रीमती ल्याएपछि सीता श्रीमानको घरबाट १ सय मिटर पर अलग्गै बस्दै आएकी सिताले सौतालाई आफ्नै घरमा बोलाएर दिउँसो १ बजे कोही नभएको मौकाछोपी हत्या गरेको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले बताए । श्रीमानले कान्छी श्रीमती ल्याएपछि उनी मानसिक रुपमा विछिप्त रहेको स्थानीयलाई उदृत गर्दै प्रहरी निरीक्षक कुर्मीले बताए।
प्रहरिको टोलिले महिलासहित उनले हत्या गर्न प्रयोग गरेको चक्कु नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ ।








