मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर खराब मौसमका कारण दुर्घटना भएको निष्कर्ष



काठ्माण्डौ-

तत्कालीन स्वर्गीय संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर खराब मौसमका कारण दुर्घटना भएको निष्कर्षा छनबिन आयोगले निकालेको छ ।

दुर्घटनाको मूख्य कारण खराब मौसम नै भएको प्रारम्भिक प्रतिवेदन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा समक्ष बुझाएको छ ।

मौसमबाहेक अन्य कारण नदेखिएकाे आयोगको निष्कर्ष छ । प्रतिवेदनमा हेलिकोप्टर मोडिने समयमै अकस्मात आएको हिमाली आँधीमा पर्दा पाइलटले सम्हाल्ने मेसो नै पाएनन् र हेलिकोप्टर दुर्घटना भएको उल्लेख छ। साथै प्रतिवेदनमा हेलिकोप्टरमा सवार मन्त्री तथा अन्य कसैले पनि पाइलटलाई दबाब नदिएको उल्लेख छ।

गत फागुन १५ गते ताप्लेजुङको पाथिभराबाट काठमाडौंका लागि उड्ने क्रममा एयर डाइनेस्टीको ‘९ एन–एएमआई–एसएस ३५० बी ३ इ’ हेलिकोप्टर दुर्घटनामा परी मन्त्री अधिकारी सहित ७ जनाको निधन भएको थियो।

दुर्घटनामा हेलिकोप्टरमा पर्यटनमन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  २ : ५५ बजे