मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसईई परीक्षाको नतिजा सार्वजनिक हुँदै



काठमाडौं । आज माध्यमिक शिक्षा (एसईई) परीक्षाको नतिजा सार्वजनिक हुने भएको छ । गत २०७५ सालको नतिजा बिहीबार सार्वजनिक हुन लागेको हो । आज दिउँसो १ बजे परीक्षाको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक डाकिएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बोर्डले निर्णय गरेपछि परीक्षाफल सार्वजनिक गरिने जानकारी दिए । बोर्डका अनुसार नतिजा हेर्न कम्तीमा अपराह्न ३ बजेसम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ । गत चैत १० गतेबाट सुरु भएको एसईई परीक्षामा करिब चार लाख ७५ हजार परीक्षार्थी सहभागी थिए ।

प्रकाशित मिति : १२ असार २०७६, बिहिबार  २ : ४७ बजे