काठ्माण्डौ-
भारतको हरियाणामा बिहिबार बिहान कांग्रेसका प्रदेश प्रवक्ता विकास चौधरीको गोली हानी हत्या गरिएको छ। जिमशालाबाट बाहिर निस्कदै गर्दा चौधरिलाई दुइ हमलाकारीहरुले गोली हानी हत्या गरेका हुन । चौधरीको शरीरमा कम्तिमा ८ देखि १० गोली लागेका छन् ।
घटनाको सीसीटीवी फुटेज प्राप्त भएको र हमलाकारीहरु कार चढेर भागेको भारतिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।
गोली लागी घाइते भएका विकास लाई नजिकैको अस्पताल पुर्याइए पनि अस्पतालाले उनलाई मृत घोषणा गरेको समाचारहरुमा जनाइएको छ ।
आफुमाथी हमला हुनसक्ने खतरा रहेको आकलन गर्दै चौधरिले आफुसग ३ जना निजी सुरक्षाकर्मी राख्ने गरेका थिय ।
घटनालाई लिएर हरियाणा प्रदेश कांग्रेस अध्यक्ष अशोक तंवरले प्रदेशमा जंगल राज भएको भन्दै सरकार र स्थानिय प्रशाषनको कडा आलोचना गरेका छन । उनले घटनाको छनबिन गरी दोशिलाई कडा कार्बाही गर्न माग गरेका छन ।
घटनाको बारेमा प्रहरिले अनुशन्धान अघी बढएको समाचारहरुमा जनाइएको छ ।










