भारतको हरियाणामा कांग्रेसका प्रदेश प्रवक्ताको गोली हानी हत्या



काठ्माण्डौ-

भारतको हरियाणामा बिहिबार बिहान कांग्रेसका प्रदेश प्रवक्ता विकास चौधरीको गोली हानी हत्या गरिएको छ।  जिमशालाबाट बाहिर निस्कदै गर्दा चौधरिलाई दुइ हमलाकारीहरुले गोली हानी हत्या गरेका हुन । चौधरीको शरीरमा कम्तिमा ८ देखि १० गोली लागेका छन् ।

घटनाको सीसीटीवी फुटेज प्राप्त भएको र हमलाकारीहरु कार चढेर भागेको भारतिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।

गोली लागी घाइते भएका विकास लाई नजिकैको अस्पताल पुर्याइए पनि अस्पतालाले उनलाई मृत घोषणा गरेको समाचारहरुमा जनाइएको छ ।

आफुमाथी हमला हुनसक्ने  खतरा रहेको आकलन गर्दै चौधरिले आफुसग ३ जना निजी सुरक्षाकर्मी राख्ने गरेका थिय ।

घटनालाई लिएर हरियाणा प्रदेश कांग्रेस अध्यक्ष अशोक तंवरले प्रदेशमा जंगल राज भएको भन्दै सरकार र स्थानिय प्रशाषनको कडा आलोचना गरेका छन । उनले घटनाको छनबिन गरी दोशिलाई कडा कार्बाही गर्न माग गरेका छन ।

घटनाको बारेमा प्रहरिले अनुशन्धान अघी बढएको समाचारहरुमा जनाइएको छ ।

प्रकाशित मिति : असार १२, २०७६ बिहीबार  ७ : १८ बजे