काठमाडौं-
मानसरोवरमा तिर्थ यात्रा गर्न गएका भारतीय तिर्थालुहरु हिल्सा क्षेत्रमा अलपत्र परेका छन् ।
भगवान शिवजीको बासस्थान मानिएको कैलाश मानसरोवर यात्राको लागि हरेक वर्ष ठुलो संख्यामा भारतीय पर्यटकहरु नेपालगञ्ज, सिमिकोट, हुम्ला हुँदै जाने गरेका छन् । जेठ–असारको सिजनमा अत्याधिक पर्यटक आउने भएकाले टुर अपरेटरहरुले क्षमता भन्दा बढि यात्रु बिना योजना लगेको कारण तिर्थालुहरु अलपत्र परेको दाबी गरिएको छ ।
हिल्साबाट सिमिकोटसम्म हेलिकप्टरमा जानु पर्नेमा खराब मौसमका कारण उडान नभएपछि भारतीय तिर्थालुहरु हिल्सामै बस्नुपरेको टुर संचालकहरु बताइरहेका छन् भने तिर्थालुहरुले अलपत्र पर्नुमा टुर संचालकहरको दोष रहेको उनीहरुले आरोप लगाएका छन् ।
त्यस क्षेत्रमा खराब मौसमका कारण पटक पटक तिर्थालुहरुले हैरानी ब्यहोर्ने गरेका छन ।