महेन्द्रनगर-
२ लाख घुस सहित सिचाई डिभिजन कार्यालय प्रमुख इन्जिनीय र इन्जिनीयर पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले सेवाग्राहीबाट घुस लिईरहेको अवस्थामा जल स्रोत तथा सिँचाइ विकाश डिभिजन कार्यालयका डिभिजन प्रमुख इन्जिनीयर अजित कुमार श्रीवास्तव र इन्जिनीयर गिरिस्मा ठगुन्नालाई पक्राउ गरेको हो ।
अख्तियाकार प्रवक्ता टोप बहादुर विष्टले उनीहरुले भीमदत्त नगरपालिका १९ मा चौधर नदी नियन्त्रणका लागि उपभोक्त समितिबाट निर्माण भएको तटबन्धको योजनामा भुक्तानी दिने क्रममा घुस लिइरहेको भन्ने गोप्य सूचनाका आधारमा रंगे हात पक्राउ गरिएको जानकारी दिए।








