काठमाडौं ।
आज बिहिबार नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । नेप्से आज एक दशमलव १४ अंकले घटेर १२ सय ५७ दसमलव १५ झर्दा सेन्सिटिभ भने शुन्य दशमलव ३५ अंकले बढेर दुई सय ७१ दशमलव १६ अंकमा चढेको छ । आज एक सय ७२ कम्पनीहरुको सात हजार छ सय ५९ वटा कारोबारमा १८ लाख ५४ हजार छ सय ७६ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम ६२ करोड ७९ लाख आठ हजार आठ सय १२ रुपैयाँ पुगेको छ ।
आज ११ वटा समुहको कारोबार भएकोमा चार वटा समुहको सुचक बढेर हरियो देखिए पनि सात वटा समुहको सुचक घटेर रातो देखिएको छ । जस अनुुसार वाणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ७२ अंकले बढेर ११ सय ३२ दशमलव २१ अंंकमा चढ्दा फाईनान्स समुहको सुचक तीन दशमलव ४३ अंकले बढेर छ सय २० दशमलव ७९ अंकमा चढेको छ । यसैगरी होटल र अन्य समुहको सुचक पनि बढेकाछन । विकास बैंक, जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, उत्पादनमुुलक, लघुबित्त र सामुहिक लगानीकोष समुहको सुचक पनि घटेकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा मल्टीपर्पोस फाईनान्स, नेपाल एग्रो लघुबित्त बित्तीय संस्था आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा आईएमई जनरल इन्स्योरेन्स कम्पनी, पाँचथर पावर कम्पनी आदि परेकाछन् । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने हिमालयन डिष्ट्रिलरी प्राली, नेपाल बैंक आदि परेकाछन् ।