कोरियाली भाषा परीक्षाको नतिजा भोली सार्वजनिक हुँदै



काठ्माण्डौ-

गत जेठ २५ र २६ गते सम्पन्न भएको कोरियाली भाषा परीक्षाको नतिजा सार्वजनिक हुने इपिएस शाखाले जनाएको छ।

परीक्षामा सहभागी मध्य १० हजार परीक्षार्थी पास हुने अनुमान शाखाले गरेको छ।

यस वर्षको कोरियाली भाषा परीक्षाका लागि ९२ हजार ३ सय ५६ जनाले आवेदन दिएका थिए । आवेदन दिने मध्ये ८४ हजार २ सय १५ जनाले मात्र भाषा परीक्षा दिएका छन्।

यसमध्ये ८ हजार १ सय ४१ जना अनुपस्थित भए भने अमर्यादित काम गर्ने १ सय ५६ जनाको परीक्षा रद्द गरिएको थियो।

सन् २०१९ का लागि उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र पशुपालनतर्फ तीन हजारगरी १० हजार ५० नेपाली  कामदार  कोरियाले  लैजाने  इपिएस कोरिया शाखाका सूचना अधिकारी सोभाकर भण्डारीले जानकारी दिए।

कोटा अनुसार नै १० हजारको हाराहारिमा नै परीक्षार्थी उत्तीर्ण हुने इपिएस शाखाले जनाएको छ।

कोरिया सरकारले इपिएसअन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ।

परीक्षाको नतिजा http://epsnepal.gov.np/ मार्फत पनि हेर्न सकिनेछ।

प्रकाशित मिति : असार १२, २०७६ बिहिबार  २ : ५५ बजे