एसईईमा ‘ए प्लस’ नतिजा नआएको भन्दै सदीक्षाले गरिन आत्महत्या



काठमाडौं-

एसईई परिक्षामा कमजोर नतिजाको कारण शनिबार दिउँसो एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छिन् ।

काठमाडौं चन्द्रागिरी नगरपालिका–१२ बलम्वु दुरसञ्चार नजिकै अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका –७ घर भई श्री बलम्बु माविबाट यस वर्ष एसईई परिक्षा दिएकी सदीक्षा पौडेलले झुण्डिएर आत्महत्या गरेकी हुन् ।

एसईईमा ‘ए प्लस’ नतिजा नआएको भन्दै सदीक्षाले आत्महत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ ।

बलम्वु माध्यामिक विद्यालयबाट पौडेलको एसईईमा ३ जिपीए ३ ।६ आएको थियो । सदीक्षाको शव शिक्षण अस्पताल महाराजगञ्ज पोस्टमार्टमको लागि पठाइएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : असार १४, २०७६ शनिबार  १ : ५३ बजे