मस्जिदको सेप्टी ट्यांकी निर्माण गर्ने क्रममा निस्सासिएर ४ जनाको गयो ज्यान



विराटनगर,

मस्जिदको सेप्टी ट्यांकी निर्माण गर्ने क्रममा ४ जनाको ज्यान गएको छ । एकजना मजदुर गम्भीर घाइते भएका छन् । विराटनगर, मोरङको सुनबर्सी नगरपालिका–९ मुस्लिम बस्तीमा रहेको मस्जिदमा सेप्टी ट्यांकी निर्माण गर्ने क्रममा घटा ना भएको हो ।

सेप्टी ट्यांकी बनाउने क्रममा उनीहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनवर्षि नगरपालीका ९ बस्ने ४५ वर्षीय मो। कफिल मियाँ, २२ वर्षीय उनका छोरा फिरोज उद्दिम, सोही स्थान बस्ने २२ वर्षीय सहनवाज उद्दिम, २१ वर्षीय वसिक आलम रहेका छन् ।

निसाएिर ३८ वर्षीय दाउद मियाको अवस्था गम्भीर छ । उनको रंगेली अस्पतालमा उपचार भइरहेको छ ।

स्थानीयबासी डोमर अलिका अनुसार मर्कज मस्जीदको निर्माणधीन सेफ्टी ट्यांकीको ढलान गरेको बाँस खोेल्न ट्यांकी भित्र पसेका मजदुर निसासिएर अचेत भएपछि एकपछि अर्कोको उद्दार गर्न छिर्दा सबै जना बेहोस भई लडेको बताइएको छ ।

अक्सिजनको कमीले चार जना ढलेको अवस्थामा फेला परेका उनीहलाई विराटनगर अस्पतालमा ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : असार १५, २०७६ आइतबार  ५ : १७ बजे