मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्लाहीमा प्रहरीको गोलीले १ जनाको मृत्यु



सर्लाही

सर्लाहीमा प्रहरीको गोलीले १ जनाको मृत्यु भएको छ । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीको गोली लागेर सर्लाहीको ईश्वरपुरमा एक जना प्रदर्शनकारीको मृत्यु भएको हो । गोली लागेर अर्का एक प्रदर्शनकारी पनि घाइते भएका छन् । उनको तिघ्रामा गोली लागेको छ । साथै झडपमा स्थानीय र प्रहरीसहित १ दर्जन घाइते छन् । शनिबार एक बालकको मृत्यु भएको विषयलाई लिएर राजमार्गमा प्रदर्शनमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा स्थानीय २७ वर्षिय सत्यनारायण महतोको मृत्यु भएको हो ।

बाँके नदीमा अवैध ढुंगागिट्टी उत्खनन् गर्दा बनेको खाल्टोमा शनिवार डुबेर एक बालकको ज्यान गएपछि स्थानीय ले त्यसको विरोधमा आइतबार प्रदर्शन गरेका थिए ।शनिबार ईश्वरपुर नगरपालिका वडा नम्बर १३ बस्ने लाले रायका १२ वर्षीय छोरा अमितकुमार यादवको खाल्डोमा डुवेर मृत्यु भएको थियो ।

उनको मृत शरिर आइतबार मात्र फेला परेको थियो । खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि त्यसको विरोधमा क्षतिपुर्ति माग गर्दै स्थानीयले राजमार्ग अबरुद्ध गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।प्रदर्शनकारीले प्रहरीलाई लक्षित गरेर ढुंगामुढा गरेपछि सुरुमा लाठी चार्ज, १५ राउन्ड अश्रु ग्यास र रबरको बुलेट प्रहार गरेको थियो । त्यसपछि पनि प्रदर्शनकारीले ढंगामुढा तीव्र गरेपछि प्रहरीले हवाइ फायर गरेको थियो । प्रहरीका अनुसार हवाइ फायरकै क्रममा गोली लागेर महतोको मृत्यु भएको हो ।

 

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  १ : ३२ बजे