रूसबाट एन्टी-ट्याङ्क मिसाइल भित्र्याउने तयारिमा भारत



भारतले रूसबाट एएन्टी-टैंक मिसाइल ‘स्ट्रम अटाका’ किन्ने भएको छ ।

२०० करोड़ रुपैयामा उक्त मिसाइल प्रणाली खरिदका लागी भारत र रुस बिच सम्झौता भएको भारतिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।रुस र भारत बिच भएको भनिएको यो सम्झौता पछी एक दशक पहिले देखी नै भारतले भित्र्याउन चाहेका रुसी मिसाइलहरु भित्र्याउने बाटो खुलेको छ ।समझौता अनुसार आगामी तीन महीना भित्रै उक्त मिसाइलहरु भारत ल्याइपुर्याइने छ ।

उक्त मिसाइल प्रणालीलाई भारतिय बायु सेनाले प्रयोग गरिरहेको एमआई-३५ लडाकु हेलिकप्टरमा जडान गरिने छ ।उक्त मिसाइल भारतिय सेनाको युद्धकहेलिकप्टर एमआई-३५ मा जडान गरिएपछी युद्दक ट्याङ्क र अन्य हतियार बिरुद्द भारतुय सेनाको आक्रमक क्षमता उल्लेख्य बढ्ने बताइएको छ ।

भारतले फ्रान्स सग पनि एस्तै प्रकृतिका मिसाइलहरु भित्र्याउने तयारी गरी रहेको समाचारहरुमा जनाइएको छ ।समाचारहरुमा जनाइए अनुसार भारतको पुलवामा भएको हमला पछी भारतिय सेनालाई आपातकालीन स्थिती नियण्त्रन गर्न दिइएको अधिकार अन्तर्गत सेनाल्र आफ्नो जरूरत अनुसार भारतिय रुपैया ३०० करोड़ बराबरका हातहातीयार खरिद गर्न सक्नेछ ।

प्रकाशित मिति : असार १५, २०७६ आईतबार  २ : ३१ बजे