मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शेयर कारोबार आज पनि बढ्न सकेन, निराश देखिए लगानीकर्ता



काठमाडौं ।
अघिल्लो दिन ओरालो लागेको नेप्से साताको दोस्रो कारोबाार दिन सोमबार पनि घटेको छ । नेप्से आज दुई दशमलव ८६ अंकले घटेर १२ सय ४२ दशमलव तीन अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७२ अंकले घटेर दुई सय ६८ दशमलव ५२ अंकमा झरेको छ । आज एक सय ६९ कम्पनीहरुको पाँच हजार नौ सय ७१ वटा कारोबारमा १२ लाख २१ हजार चार सय कित्ता सेयर किनबेच भएको छ भने सेयर कारोबार रकम ३७ करोड ४७ लाख २५ हजार ७५ रुपैयाँ पुगेको छ ।

आज ११ वटा समुहको कारोबार हुँदा चार वटा समुहले सुचक बढेर हरियो देखिए पनि सात वटा समुहको सुचक घटेर रातो देखिएको छ । ति मध्ये वाणिज्य बैंक समुहको सुचक तीन दसमलव ५४ अंकले घटेर ११ सय १६ दसमलव ८२ अंकमा झर्दा फाईनान्स समुहको सुचक पनि एक दशमलव ८९ अंकले घटेर छ सय १६ अंकमा झरेको छ । निर्जिवन बीमा, लघुबित्त, होटल, अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् । विकास बैंक समुहको सुचक भने आज दुई दशमलव ७६ अंकले बढेर १५ सय ८१ दशमलव ८५ अंंकमा पुगेको छ । जलविद्युत, जीवन बीमा र उत्पादनमुलक समुहको सुचक भने आज बढेकाछन् ।

कमाउने कम्पनीहरुको सुचीमा आज सिभिल लघुबित्त बित्तीय संस्था, अरुण भ्याली हाईड्रो पावर कम्पनी आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा मिथिला लघुबित्त बित्तीय संस्था, युनाईटेड इन्स्योरेन्स कम्पनी आदि परेकाछन् । यसैगरी रकम कारोबारका आधारमा भने आज नेपाल बैंक, शिवम सिमेन्ट लगायतका कम्पनीहरु परेकाछन् ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  १० : २३ बजे