मुम्बइ-
भारतको मुम्बइ, पुणे लगायत त्यस आसपासका कयौ इलाकामा अत्याधिक भारी बर्षा भइ रहेको भारतिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।
बिगत पाच दिन देखी लागातार बर्षा भइरहेको र मङ्गलबार थप भारी बर्षा भए पछी भारतको महाराष्ट्र राज्यमा बिगत १० बर्ष एताकै अत्याधिक बर्षाको नयाँ रेकर्ड कायम भएको छ ।
अत्याधिक बर्षा पछीका घटनाहरुमा परी गत २४ घण्टामा परी थुप्रैको मृत्यु भएको छ । मुम्बइमा १८, पुणेमा ६ कल्याणमा ३ को मृत्यु भएको पुष्टी गरिएको छ । त्यहाको मौसम विभागले मध्यप्रदेश सहित छत्तीसगढ़, महाराष्ट्र, गुजरात, झारखंड, उत्तर प्रदेश, अरुणाचल, असम, बंगाल लगायतका क्षेत्रमा अलर्ट जारी गरेको छ ।
त्यस क्षेत्रका कयौ इलाका र सडकहाँरुमा ५ देखी ६ फीट पानी जामएको छ भने भारतको मौसम विभागले बर्षा प्रभाअबित इलाकाहरुमा अलर्ट जारी गरेको छ । तेस्तै सरकारले आज सरकारी र निजी सबै बिधालयहरु र सरकारी कार्यलय समेत बन्द गर्ने निर्णय गरेको छ ।त्यहाको स्थानिय रेल सेवा पुरै ठप्प भएको पनि समाचारहरुमा जनाइएको छ ।
भारी बर्षाका कारण मुम्बई एयरपोर्टबाट सञ्चालन हुने कयौ फ्लाइटहरु अबरुद्द भएका छन ।एयारपोर्टको रनवे समेत अनिश्चितकालका लागी बन्द गरिएको छ ।राष्ट्रीय र अन्तर्आष्ट्रीय ५५ उड़ानहरुका रूट परिवर्तन गरी जहाजहरुलाई अन्यत्रै पठाइएको छ । आगामी २४ घण्टासम्म भारी बर्षा जारी रहन सक्ने मुम्बईको मौसम विभागले जनाएको छ ।
उद्दारका लागी त्यस क्षेत्रमा भारतिय जल सेना परिचालन गरिएको समेत समाचारहरुमा जनाइएको छ ।










