चितवन ।
नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । मंगलबार साँझदेखि परेको झरीका कारण पहिरो झरेपछि उक्त सडक अवरुद्ध भएको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार उक्त सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना– ६ स्थित चार किलोमा राति ९ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
अहिले बिहान पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
असार १८, २०७६ बुधबार
प्रकाशित मिति : असार १८, २०७६ बुधबार २ : ०८ बजे








