काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक परीक्षाको समय निर्धारण गरेको छ । आगामी साउन २६ र २७ गते पुरक परीक्षा हुने भएको हो ।
कुनै पनि दुई विषयमा सी वा सीभन्दा तल आउने तथा अनुउपस्थित हुनेलाई मौका परीक्षाको लागि समय तालिका सार्वजनिक गरेको परक्षिा बोर्डले जनाएको छ ।
बोर्डका अनुसार साउन २६ गते एक विषय र २७ गते दुई विषयको ग्रेड वृद्धि गर्न चाहनेको परीक्षा हुनेछ।
सो ग्रेड वृद्धि परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म जिल्ला सदरमुकाममा मात्रै सञ्चालन गरिने बोर्डले जनाएको छ।
परीक्षाको आवेदन फारम साउन १५ गतेसम्ममा बुझाइ सक्नुपर्नेछ।