एसएलआर राइफल र अन्य हातीयार सहित संखुवासभामा बिप्लब नेकपाका जिल्ला नेता पक्राउ ।



संखुवासभा-

संखुवासभाको तिलिचुङ गाउँपालिकाबाट एसएलआर राइफलसहित विप्लव माओवादीका एक जिल्लास्तरीय नेता पक्राउ परेका छन ।

एसएलआर राइफल, म्यागजिन तथा बम बिस्फोटमा प्रयोग हुने सामग्रीसहित विप्लव माओवादीका जिल्ला नेता निमदोर्जे तामाङलाई बुधबार पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तेस्तै तामाङको साथबाट मोबाइल, डायरी र विप्लव समूहको पर्चा पनि बरामद भएको र अहिले जिल्ला प्रहरी कार्यालय, संखुवासभाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उक्त क्षेत्रमा मा असार १६ गते विप्लव माओवादी र प्रहरीबीच दोहोरो गोली हानाहान भएको थियो। दोहोरो गोली हानाहानपछि प्रहरी प्रधान कार्यालयबाट ३५ जनाको थप प्रहरी टोली हेलिकप्टरमार्फत त्यहाँ खटाइएको थियो। विप्लव समूहले त्यस क्षेत्रबाट ३ जना नेता कार्यकर्ता बेपत्ता भएको दाबी गर्दै आएको छ ।त्यस क्षेत्रमा प्रहरिको थप सक्रीयता बढाइएको पनि प्रहरिले जनाएको छ ।

प्रकाशित मिति : असार १९, २०७६ बिहिबार  ९ : ४९ बजे