पूर्व प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरी डिल्लीबजार कारागार चलान



काठमाडौं–

नेपाल प्रहरीका पूर्व महानिरीक्षक  रमेशचन्द ठकुरी बिहीबार डिल्लीबजार कारागार चलान भएका छन्।

सर्वोच्च अदालतले उनलाई दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएपछी ठकुरी दुई वर्षदेखि फरार रहेका थिय ।सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले ठकुरी सहित तीन पूर्वमहानिरीक्षकलाई दोषी ठहर गरेको थियो ।  सर्वोच्चले ठकुरीलाई १ बर्ष जेल ४० हजर जरीवाना तोकेको छ  । उनले कारागारबाहिर रहेरै पुनरावेदन गर्न पाउनुपर्ने माग राखेका थिए। उनको मागलाई बदर गर्दै कारागारभित्रै रहेर पुनरावेदन गर्न पाउने भन्दै डिल्लीबजार कारागार चलान गरिएको हो ।

प्रहरीको सुडान मिसन घोटाला काण्डमा दोषी ठहर गर्दै चन्दलाई सर्वोच्च अदालतले २०७४ बैसाख १७ गते १ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

सुडान घोटाला काण्डमा सर्वोच्चले तीन पूर्वआइजिपीलाई दोषी ठहर गरेको थियो। सर्वोच्चले नेपाल प्रहरीका पूर्व आइजिपी ओमविक्रम राणालाई २ वर्ष कैद र ५० हजार जरिवाना, हेमबहादुर गुरुङलाई १ वर्ष कैद र ४० हजार जरिवाना र चन्दलाई १ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना सुनाएको थियो।

प्रकाशित मिति : असार १९, २०७६ बिहिबार  २ : ०३ बजे