काठमाडौँ –
आज देशका पश्चिमी भू–भागका धेरै स्थानमा र मध्य र पूर्वका पहाडि भू–भागका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
देशका बाँकी भू–भागहरूमा हल्का वर्षाको सम्भावना छ। मध्य नेपालका पहाडि भू–भाग र पश्चिमका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम विभागले जनाएको छ ।
यसै बिच जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकामा बाढीको खतरा रहेको जनाएको छ ।
काठमाडौँ उपत्यका क्षेत्रका शाखा नदीहरुले साँझपछि सतर्कता तह पार समेत गर्न सक्ने जनाइएको छ ।
तेस्तै त्रिशुली, बुढीगण्डकी, कोशी, मस्र्याङदी, सेती, दुधकोशी, सुनकोशी, तामाकोशी, कालीगण्डकी र कर्णालीमा भोलिसम्म बहाव बढ्ने हुनाले सतर्कता अपानाउन महाशाखाले अनुरोध गरेको छ ।









