काठमाडौं । नेप्से घटेको छ । नेप्से आज आईतबार चार दशमलव ४५ अंकले घटेर १२ सय ५६ दशमलव चार अंकमा झरेको छ भने सेन्सिटिभ पनि एक दशमलव ११ अंकले घटेर दुई सय ७० दशमलव ३५ अंकमा झरेको छ । आज एक सय ७३ कम्पनीहरुको सात हजार छ सय ९८ वटा कारोबारमा २२ लाख १६ हजार चार सय ९३ कित्ता सेयर किनबेच हुँदा सेयर कारोबार रकम ५४ करोड पाँच लाख २९ हजार चार सय ६५ रुपैयाँ पुगेको छ ।
आज १२ वटा समुहको कारोबार भएकोमा छ वटा समुहले कमाएकाछन् भने छ वटाले नै गुमाएकाछन् । सो मध्ये गुमाउने समुहमा परेको वाणिज्य बैंक समुहको सुचक छ दशमलव सात अंकले घटेर ११ सय २८ दशमलव ७१ अंकमा झरेको छ भने लघुबित्त समुहको सुचक पनि नौ दशमलव सात अंकले घटेर १४ सय ३३ दशमलव १८ अंकमा झरेको छ । जलबिद्युत, जीवन बीमा, ट्रेडिङ र अन्य समुहको सुचक पनि घटेकाछन् ।
विकास बैंक, निर्जिवन बीमा होटल, फाईनान्स, उत्पादनमुुलक र सामुहिक लगानी कोष समुहको सुचक भने आज बढेकाछन् । कमाउने कम्पनीहरुको सुचीमा आज स्वाभिमान लघुबित्त बित्तीय संस्था, दिव्येश्वरी हाईड्रो पावर कम्पनी आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा जनउत्थान सामुदायिक लघुबित्त बित्तीय संस्था, स्वरोजगार लघुबित्त बित्तीय संस्था आदि परेकाछन् । बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने आज सिभिल बैंक, मेगा बैंक आदि परेकाछन् ।