आज पनि घट्यो शेयर कारोबार, लगानीकर्ता चिन्तित



काठमाडौं ।  नेप्सेमा आज पनि पहिरो गएको छ । आज सोमबार नेप्से आठ दशमलव सात अंंकले घटेर १२ सय ४७ दशमलव ३५ अंकमा झर्दा सेन्सिटिभ एक दशमलव  ५६ अंकले घटेर दुई सय ६८ दशमलव ७९ अंकमा झरेको छ । आज एक सय ७१ कम्पनीहरुको सात हजार दुई सय ४४ वटा कारोबारमा २९ लाख १० हजार एक सय ५३ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम ५९ करोड १० लाख ५३ हजार आठ सय १२ रुपैयाँ पुगेको छ ।

आज ११ वटा समुहको कारोबार भएकोमा कमाउने भन्दा गुमाउने समुह धेरै देखिएकाछन् । गुमाउने समुह मध्येको वाणिज्य बैंक समुहको सुचक नौ दशमलव ४९ अंकले घटेर ११ सय १९ दशमलव २२ अंकमा झर्दा विकास बैंक समुहको सुचक पनि छ दशमलव ७१ अंकले घटेर १५ सय ९६ दशमलव ८० अंकमा झरेको छ । यि बाहेक निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र लघुबित्त पनि गुमाउने समुहमा परेकाछन । जलविद्युत र सामुहिक लगानी कोष समुहको सुचक भने आज कमाउने समुह अन्र्तगत परेकाछन् ।

आज कमाउने कम्पनीहरुमा ईन्फिनिटी लघुबित्त बित्तीय संस्था, अरुणखोला जलबिद्युत्त आयोजना आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा जनउत्थान सामुदायिक लघुबित्त बित्तीय संस्था, रैराङ हाईड्रो पावर कम्पनी आदि परेकाछन् । यसैगरी कारोबार भएको रकमका आधारमा भने आज  प्रभु बैंकको संस्थापक सेयर, सिभिल बैंक आदि परेकाछन् ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ११ : १८ बजे