मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गृहमन्त्रीकै संरक्षणमा गुण्डा नाइकेको असुली धन्दा



चितवन असार, २४–
चितवन प्रहरीले गुण्डागर्दी र आपराधिक कृयाकलाप नियन्त्रणका लागि ३० बुँदे कार्ययोजना सार्वजनिक गरेकै बेला पुराना गुण्डा नाइकेको असुली धन्दा बाहिर आएको छ । साँघु साप्ताहिकले समाचार छापेको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सचिवालयमा काम गर्ने दावी गर्दै आएका गौरव ढकाल नामका ब्यक्तिले असुली धन्दा शुरु गरेको एक पीडित स्थानीय बासिन्दा बताउँछन् ।

सन्देश फाउण्डेसन नामक पुर्नस्थापना केन्द्रका सञ्चालक रहेका ढकालले आफ्नै कार्यालयमा विभिन्न व्यक्तिहरूलाई भेला गराई चेक बाउन्स र लेनदेनको मुद्दामात्र होइन, अवैध ढुकुटी र मिटरब्याजको काम गर्दै आएका छन् । तर, यसबारेमा प्रहरी मौन रहनुलाई आश्चर्यको रुपमा लिइएको छ ।

ढकालले आफू गृह मन्त्रालयको सचिवालय मातहत लागूऔषध अन्तर्गतको अभियानमा काम गर्ने कर्मचारी हुँ भन्दै धम्क्याएर केही दिन अघि भरतपुर २ क्षेत्रपुरकी रेणु मुल्मी (श्रेष्ठ)को समूहलाई बोलाई १४ लाख ७३ हजार रुपैयाँको अवैध कागज गराएपछि ढकालको गुण्डागर्दी बाहिर आएको हो । दुई साता अघि अवैध कागज गराएको विषयमा जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी परे पनि चितवन प्रहरीले भने ढकाललाई केही नगरी छाडिदिएको छ ।

त्यस्तै मञ्जुश्री सप्लायर्सलाई बाबा रेग्मी नामका एक व्यक्तिले प्लाइउडका सामान लगेबापत रकम तिर्नुपर्नेमा रेग्मीले नतिरेपछि मञ्जुश्रीले तिनै ढकाललाई प्रयोग गरी रेग्मीमाथि कुटपिट गराएका थिए । रेग्मीले प्रहरीमा उजुरी दिएपछि वडा प्रहरी कार्यालय नारायणगढमा मिलापत्र गराइएको थियो । तर, कुटपिट गर्ने ढकाललाई भने प्रहरीले कुनै कारबाही गरेको छैन ।
ढकालले गृहमन्त्री थापाका छोरा प्रतिकको पनि नाम भजाएर चितवनमा प्रहरीदेखि सर्वसाधरणसम्मलाई तर्साउँदै आएका छन् । आफूलाई गृह मन्त्रालयको सचिवालयमा बस्ने कर्मचारी दावी गर्ने ढकालले अफ्नो फेसबुक आइडीमा भने ‘ग्याङस्टार गौरवबाबु ढकाल’ नाम राखेका छन् । जुन पेजमा ढकालले हतियार९पेस्तोल०को तस्विर राखेका छन् ।

ढकाल गृह मन्त्रालयका कर्मचारी हुन् वा होइनन् भन्ने प्रश्नमा गृहमन्त्री थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ ले ढकाल गृहमन्त्रालयमा कार्यरत नभएको बताए । ढुकुटी खेलाउने मुल्मीले ढकालकै आडमा प्रहरीबाट संरक्षण पाउँदै आएकी छिन् ।

महिला जम्मा गरी ढुकुटी खेलाउने र त्यो पैसा मुल्मीले नदिएपछि उनीबिरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । प्रमुख जिल्ला अधिकारीले मुल्मीलाई आवश्यक कारबाही गर्न दिएको निर्देशन पनि चितवनका एसपी दानबहादुर मल्लले पालना नगरेको गुनासो पीडितको छ । गौरब ढकाल र मुल्मीबाट प्रभावित भई एसपी मल्लले सीडीओको आदेश समेत कार्यान्वयन नगरेको आरोप छ ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  २ : ३४ बजे