मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज ह्वात्तै बढ्यो सेयर कारोबार



काठमाडौं । नेप्से आज मंगलबार भने बढेको छ । आज नेप्से दुई दशमलव ९२ अंकले बढेर १२ सय ५० दशमलव २७ अंकमा चढ्दा सेन्सिटिभ पनि शुन्य दशमलव २७ अंकले बढेर दुुई सय ६९ दशमलव छ अंकमा चढेको छ । आज एक सय ६५ वटा कम्पनीहरुको पाँच हजार सात सय ९८ वटा कारोबारमा १६ लाख सात हजार छ सय ७२ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम ४६ करोड ८२ लाख ६३ हजार सात सय ७० रुपैयाँ पुगेको छ ।
आज ११ वटा समुहको कारोबार भएकोमा गुमाउने भन्दा कमाउने समुह धेरै देखिएकाछन् ।

कमाउने समुहमा परेको वाणिज्य बैंक समुहको सुचक तीन दशमलव ८७ अंकले बढेर ११ सय २३ दशमलव नौ अंकमा चढ्दा विकास बैंक समुहको सुचक चार दशमलव ८१ अंकले बढेर १६ सय एक दशमलव ६१ अंकमा चढेको छ । जलविद्युत, जीवन बीमा, फार्ईनान्स, उत्पादनमुलक र अन्य समुहको सुचक पनि आज कमाउने समुहमा परेकाछन् ।

निर्जिवन बीमा, लघुुबित्त, होटल र सामुहिक लगानी कोष भने आज गुमाउने समुहमा परेकाछन् । बढी कमाउने कम्पनीहरुको सुचीमा भने आज इन्फिनिटी लघुुबित्त बित्तीय संस्था, मल्टीपर्पोस फाईनान्स आदि परेकाछन् । यसैगरी बढी गुमाउने कम्पनीहरुको सुचीमा भने आज सर्पोट माईक्रो फाईनान्स बित्तीय संस्था, समिट माईक्रो फाईनान्स बित्तीय संस्था आदि परेकाछन् । कारोबार भएको रकमका आधारमा भने आज नेपाल इन्भेष्टमेन्ट बैंक, लक्ष्मी बैंक आदि परेकाछन् ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  १२ : १२ बजे