मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज फेरी ह्वात्तै घट्यो सेयर कारोबार



काठमाडौं । नेप्से फेरी पनि घटेको छ । नेप्से आज एक दशमलव १२ अंकले घटेर १२ सय ४९ दसमलव १५ अंकमा पुग्दा सेन्सिटिभ शुन्य दसमलव ७३ अंकले घटेर दुई सय ६८ दशमलव ३३ अंकमा पुुगेको छ । आज एक सय ६८ कम्पनीहरुको पाँच हजार दुई सय ७२ वटा कारोबारमा २९ लाख ९८ हजार नौ सय ४७ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम ५७ करोड ३४ लाख ४७ हजार पाँच सय नौ रुपैयाँ पुगेको छ ।
आज ११ वटा समुहको सेयर किनबेच भएकामा कमाउने भन्दा गुमाउने समुह धेरै देखिएकाछन् ।

सो वाणिज्य बैंक समुहको कारोवार सुचक एक दशमलव ७८ अंकले बढेर ११ सय २४ दशमलव ८७ अंकमा चढेको छ । जीवन बीमा र लघुबित्त समुहको सुचक पनि बढेकाछन् । विकास बैंक समुहको सुचक दुई दशमलव ७६ अंकले घटेर १५ सय ९८ दशमलव ८५ अंकमा झरेको छ ।

यि बाहेक जलबिद्युत, निर्जिवन बीमा, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् । कमाउने कम्पनीहरुको सुचीमा इन्फिनिटी लघुबित्त बित्तीय संस्था, समिट माईक्रो फाईनान्स बित्तीय संस्था आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा सिभिल लघुबित्त बित्तीय संस्था, कञ्चन डेभलपमेन्ट बैंक आदि परेकाछन् । कारोबार भएको रकमका आधारमा भने आज सिभिल बैंक, नागरिक लगानी कोष, नेपाल बैंक, प्रभ बैंक आदि परेकाछन् ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  १० : ३५ बजे