मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरा विश्वविद्यालयमा बिधार्थीहरुले लगाए ताला



पोखरा-

पोखरा विश्वविद्यालयका बिपिएचका विद्यार्थीले केन्द्रीय क्याम्पसमा तालाबन्दी गरेका छन् ।परीक्षामा छुटेकालाई मौका परीक्षा दिन माग गर्दै बिधार्थीहरुले तालाबन्दी गरेका हुन ।

गत शुक्रबारदेखि क्याम्पसको सेवा आयोग, उपकुलपतिको कक्ष, लेखा लगायतका शाखामा विद्यार्थीले तालाबन्दी गरेका हुन् ।परीक्षामा छुटेकालाई मौका परीक्षा सञ्चालन नगरे थप आन्दोलन गर्ने उनीहरुले क्याम्पस प्रशासनलाई चेतावनी दिएका छन् । पब्लिक हेल्थको स्नातक तहको (बिपिएच) पहिलो सेमेष्टरका ३४६ विद्यार्थीमा १६० विद्यार्थीको परीक्षा गत वैशाखमा छुटेको थियो ।

स्नातक तह व्यवस्थापन सङ्कायमा भर्ना हुन न्यूनतम ‘सि’ ग्रेड ल्याउनुपर्नेमा सो नगरिएकाले विधि मिचिएको भन्दै वैशाखमा गरिएको आन्दोलनमा बिपिएचका विद्यार्थी छुटेका थिए ।क्याम्पसले भर्ना गरेका ३४६ विद्यार्थीलाई परीक्षामा सहभागी गराउन सर्वोच्चले आदेश दिएको थियो । सो विरोधमा उत्रिएका केही विद्यार्थी घाइते समेत भएका थिए ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  २ : ४६ बजे