मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तिम कारोबारको दिन पनि शेयर कारोबार घट्यो



काठमाडौं । लगातार घटेको नेप्सेले साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि निरन्तरता पाएको छ । नेप्से आज शुन्य दशमलव ६२ अंकले घटेर १२ सय ४८ दशमलव ५३ अंकमा झरेको छ भने सेन्सिटिभ शुन्य दशमलव शुन्य एक अंकले घटेर दुई सय ६८ दशमलव ३२ अंकमा झरेको छ । आज एक सय ७२ कम्पनीहरुको आठ हजार छ सय ५५ वटा कारोबारमा १६ लाख ५४ हजार दुई सय ५१ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम ४६ करोड ३६ हजार पाँच सय ७१ रुपैयाँ पुगेको छ ।

आज ११ वटा समुहको कारोबार हुँदा कमाउने भन्दा गुमाउने समुह धेरै देखिएकाछन् । कमाउने समुहमा परेको वाणिज्य बैंक समुहको सुचक एक दशमलव नौ अंकले बढेर ११ सय २६ दशमलव ७६ अंकमा चढेको छ भने जलविद्युत समुहको सुचक एक दशमलव २७ अंकले बढेर ११ सय ८८ दशमलव ५५ अंकमा चढेको छ । विकास बैंक समुहको सुचक भने आज तीन दशमलव ५२ अंकले घटेर १५ सय ९५ दशमलव ३३ अंकमा झरेको छ ।

यि बाहेक लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् । कमाउने कम्पनीहरुको सुचीमा आज नाडेप लघुबित्त बित्तीय संस्था, श्री इन्भेष्टमेन्ट फाईनान्स आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा मल्टीपर्पोस फाईनान्स, लक्ष्मी लघुबित्त बित्तीय संस्था आदि परेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल बैंक शिवम सिमेन्ट आदि परेकाछन् ।

प्रकाशित मिति : २६ असार २०७६, बिहिबार  १० : १९ बजे