मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घासे मैदानबाट यति एयरलाइन्सको विमान धावनमार्गमा ल्याइयो,अब काठ्माण्डौ एअर्पोर्ट खुल्दै



काठमाडौँ —

अवतरण गरिसकेपछि रनवेबाट १५ मिटर बाहिर घाँसे मैदानमा पुगेको यति एयरलाइन्सको विमान साढे ७ घन्टापछि घाँसे मैदानबाट धावनमार्गमा ल्याइएको छ ।

नेपाली सेना, प्रहरी, बुद्ध एयर, नेपाल वायुसेवा निगम र यति एअर्लाईन्सका इन्जिनियरिङ हरुको टोलिले बिमानलाई  धावनमार्गमा ल्याएको हो ।

बिमानलाई घाँसेमैदानबाट तान्दै गर्दा दुइपटक डोरी चुडिएको थियो।

बिमानलाई पार्किङ एरिया तिर सारेर एअर्पोर्ट सुचारु गरिने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरलेले बताए ।उनका अनुसार साढे ७ बजेपछि विमानस्थल सुचारु हुने छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  १ : ३३ बजे