मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लगातार बर्षा पछिको बाढी र पहिरोमा १७ जनाको मृत्यु , देशैभरी कैयौं स्थान डुबानमा



काठमाडौँ,

तीन दिन देखिको अविरल वर्षासँगैको बाढी र पहिरोमा परी देशभर १७ जनाको मृत्यु भएको भने ५ जना बेपत्ता भएका छन् । गृह मन्त्रालयका अनुसार मोरङ, सुनसरी, महोत्तरी, पर्सा र काठमाडौँमा १–१ जना गरी ५ जना बेपत्ता छन् । गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र ९एनईओसी०का अनुसार बाढी र पहिरोमा परेर १३ जना घाइते भएका छन् ।

अहिलेसम्म खोटाङमा ३, काठमाडौँमा ३, काभ्रेमा २, भोजपुरमा २ तथा ललितपुर, पर्सा, महोत्तरी, रामेछाप, सिन्धुली र धादिङमा १–१ जना गरी ६ जनासहित १६ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।काठमाडौँको मुलपानीमा छिमेकीको घरको पर्खाल भत्किँदा एकै परिवारका ३ जनाको ज्यान गएको छ । पर्खालमा पुरिएर मृत्यु हुनेमा कुन्दन यादव, शर्मिला यादव र निलु यादवको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । यस्तै, खोटाङको खोटेहाङ गाउँपालिका– बाप्लुखामा पहिरोले घर बगाउँदा एकै परिवारका ३ जनाको ज्यान गएको छ ।

पहिरोले बगाउँदा बाप्लुखाका ३१ वर्षीया विष्णु राईकी श्रीमतीसहित एक छोरा र एक छोरीको मृत्यु भएको हो । घरसँगै पहिरोमा पुरिएका विष्णुको स्थानीयले उद्धार गरे पनि उनकी श्रीमती, १ छोरा र १ छोरीको भने ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

बाढी र पहिरोमा परि अहिलेसम्म १३ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सिरहामा २, सर्लाहीमा १, रौतहटमा ५, खोटाङमा १, काभ्रेमा २ र ललितपुरमा १ गरी १३ जना घाइते भएका छन् ।रौतहटको वृन्दावन नगरपालिका–१ बलरीखोरमा बागमती नदीमा आएको बाढीमा १५ जना फेसका र उनीहरूको उद्धार कार्य भइरहेको गृह मन्त्रालयले जनाएको छ । यस्तै काठमाडौँको कलङ्कीस्थित ढुङ्गे अड्डाको होचो भागमा ३ जना फसेका र उनीहरूको पनि उद्धार जारी रहेको गृह मन्त्रालयले जनाएको छ । बल्खु खोलाको पानी बस्तीमा बसेको छ । पानीका कारण कलङ्कीमा रहेको मालपोत, प्रहरी र ट्राफिक प्रहरीको कार्यालय समेत डुबानमा परेको जनाइएको छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  २ : ११ बजे