मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टी-ट्वान्टी सिरिजमा नेपालले मलेसियालाई हरायो, कप्तान पारस खड्काको उत्कृष्ट प्रदर्शन



काठमाडौं,-

टी-ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको पहिलो खेलमा नेपाल विजयी भएको छ । शनिबार बिहान क्वालालम्पुरस्थित किनरारा ओभलमा कप्तान पारस खड्काले उत्कृष्ट प्रदर्शनआ गरेपछि नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।

१२९ रनको लक्ष्य पछ्याएको नेपालले १८ ।३ ओभर ३ विकेट गुमाउँदै पुरा गर्यो । नेपालको जितमा कप्तान पारस खड्काले अर्धशतक बनाए । ५० बल सामना गरेका उनले ८ चौका र ५ छक्काको मद्दतमा नटआउट ८६ रन बनाए ।
त्यस्तै शरद भेषवाकारले नटआउट १६ रन जोडे। उनले २० बलमा १ चौका हिर्काए।
त्यसअघि पारससँग ओपनिङमा आएका प्रदीप ऐरीले ८ रन मात्र जोड्न सके। ज्ञानेन्द्र मल्ल २० रनमा ७ रन जोडेर आउट भए। रोहितकुमार पौडेलले ५ रन मात्र जोड्न सके।

बलिङतर्फ मलेसियाका अनुवर रहमानले दुई विकेट लिए ।त्यसअघि किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २८ रन बनायो । उसका लागि ओपनर विरनदीपले सर्वाधिक ५७ रनको महत्वपूर्ण योगदान दिए ।

कप्तान अहमेद फायजले ४५ रन जोडे। उनले ३९ बलमा २ छक्का प्रहार गरे।अर्का ओपनर सयेद अजिज भने शून्यमै आउट भएका थिए। उनलाई सोमपाल कामीले बोल्ड गरे। फित्री सामले १२ रन जोड्दा साफिक सारिफ २ रन र अमिमिद्दीन राम्मी ० मा पेभिलियन फर्के।बलिङतर्फ नेपालका करन केसीले तीन विकेट लिए । बसन्त रेग्मी र सन्दीप लामिछानेले दुईदुई तथा सोमपाल कामीले एक विकेट लिए ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ७ : ४६ बजे