बाढी पहिरोले हाल सम्म २७ को मृत्यु १५ जना अझै बेपत्ता



काठ्माण्डौ-

बिहिबार रातिदेखि परेको पानीले हालसम्म २७ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।प्रहरीका अनुसार २७ जनाको मृत्युसँगै १५ जना अझै बेपत्ता छन्।

प्रहरीले बेपत्ताहरूको खोजतलास भइरहेको पनि जनाएको छ।प्रहरीले प्रभावित क्षेत्रहरुमा सम्बन्धित प्रहरी कार्यालयहरूबाट सम्पूर्ण जनशक्ति, स्रोत साधन परिचालन गरी उद्धार कार्य जारी राखेको बताएको छ।

आइतबार सम्म पानी पर्ने सम्भाबना रहेकोले उच्च सतर्कता अपनाउन पनि प्रहरिले अनुरोध गरेको छ ।

प्रकाशित मिति : असार २८, २०७६ शनिबार  ८ : ०२ बजे