विप्लव नेकपाका चार कार्यकर्ता पक्राउ



तनहुँ-

विप्लव नेकपाका चार कार्यकर्ता पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार उनिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बिप्लब नेकपाका कास्की जिल्ला सेक्रेटरी जङ्गबहादुर भण्डारी, क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, रुकुम घर भएका अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मिलन राई अर्का एक कार्यकर्ता सन्तोष विक छन् ।

उनिहरु केहि समय पहिले जिल्ला अदालत तनहुँको अदेशमा थुना मुक्त भएका थिय । उनिहरुमाथी राजद्रोहको मुद्दा लगाइएको थियो ।

प्रकाशित मिति : असार ३१, २०७६ मंगलबार  ३ : २३ बजे