चितवन,
ईलाका प्रहरी कार्यालय रत्ननगरले सोमबार राती अन्दाजी ४३ केजी लागूऔषध सहित एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत मोतिहारी घर भई चितवनको रत्ननगर नगरपालिका–२ स्थित छोरीको घरमा बस्दै आएकी अन्दाजी ७० वर्षीया नुर्जाहा खातुन रहेकी छन् ।इलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यको कमाण्डमा खटिएको प्रहरी टोलीले गए राति ८ः२० बजे खातुनलाई प्रतिबन्धित लागुऔषध ४३ केजी चरेससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।
चरेससहित पक्राउ परेकी खातुन अहिले रत्ननगर प्रहरीको नियन्त्रणमा रहेकी छिन् । उनी माथि थप अनुसन्धान कार्य भईरहेको प्रहरी प्रमुख आचार्यले जानकारी दिएका छन् ।








