काठ्माण्डौ-
भारतबाट आयात हुने फलफुल र तरकारिको बिषादी परिक्षण रोक्ने सरकारको निर्णय कार्यान्वयन नगर्न मंगलबार सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेकोछ ।
सर्वोच्चले मुद्दाको फैसला नभएसम्मका लागि मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न मंगलबार अन्तरिम आदेश जारी गरेको हो।
सर्बोच्चले यस अगिनै आदेश दिए पनि भान्सार नाकाहरुबाट बिषादी परिक्षण नगरिकनै फलफुल र तरकारी आयात हुन थालेपछी उपभोक्ता हित संरक्षण मञ्च, स्वतन्त्र राष्ट्रिय अभियान र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले मंगलबार फरकफरक रिट दर्ता गराएका थिए।
रिट निबेदनहरुमाथी सुनुवाइ गर्दै न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलाशले यस्तो आदेश गरेको हो।
यसअघि सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले यस सम्बन्धी दायर भएका तीन वटा रिट निवेदनमा सर्वोच्चले भन्सारमा परीक्षणको व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको थियो।विषादी चेकजाँच नगरी भारतीय तरकारी र फलफूल भित्रन दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मंगलबार विभिन्न तीन वटा रिट निवेदन दायर भएका थिए।
भारतीय दबाब बढेपछि तरकारी तथा फलफूलमा मिसाइने विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछाडि हटेकोले उक्त निर्णय रोक्न सर्वोच्चले अन्तरिम आदेश जारी गर्न माग गरिएको थियो।
बिषादी नजाचिकनै तरकारी तथा फलफुल आयात गर्ने मन्त्रीपरिषदले निर्णय गरेपछी सरकारको उक्त निर्णय बिबादित बनेको थियो भने नागरिक स्तरबाट सरकारको ब्यापक आलोचना भएको थियो ।








