काठमाडौं-
काठ्माण्डौको जोरपाटीस्थित समता अस्पतालमा कार्यरत २७ वर्षीया बिमला तामाङले अस्पतालमै आत्महत्या गरेको भेटिएपछि पक्राउ परेका अस्पताल सञ्चालक उत्तम सञ्जेलकी श्रीमती कला सञ्जेलसहित तीन जना जेल चलान भएका छन् ।
सञ्चालक उत्तम सञ्जेलकी श्रीमती सहित अस्पतालकै कर्मचारी तीर्थकुमारी श्रेष्ठ र संगीता केसी जेल चलान भएका हुन् । उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंले जनही ३ लाख रुपैयाँ धरौटीमा छाड्ने फैसला सुनाए पनि तीनै जनाले ३ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि उनीहरु बुधबार जेल चलान भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । उनीहरु तिनै जनालाई केन्द्रीय कारागार, सुन्धारा लगिएको छ ।बोगटीले भने ‘हिजो फैसला भएर धरौटी तिर्न नसक्दा कारागार चलान भएका छन् । आज धरौटी तिरे रिहा हुन सक्छन्,’ ।
गत असार ३ गते अस्पतालमै मृत भेटिएकि बिमला तामाङका आफ्न्तले कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए।








