गत बर्ष सुर्खेतमा मात्रै सवारी कार्बाहिबाट ट्राफिकले बटुले एक करोड ६४ लाख राजस्व



सुर्खेत,

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले आव २०७५७६ मा एक करोड ६४ लाख रूपैयाँ राजस्व सङ्कलन गरेको छ । सुर्खेतमा सञ्चालित विभिन्न सवारी कारवाहीबाट आव २०७५७६ को असार ३० गतेसम्म एक करोड ६४ लाख ५८ हजार ५०० रूपैयाँ राजस्व सङ्कलन गरेको हो ।

आव २०७४७५ को राजस्वभन्दा ४७ प्रतिशत बढी हो । गत आव २०७४७५ जिल्ला ट्राफिक प्रहरी सुर्खेतले ८७ लाख ८९ हजार राजस्व सङ्कलन गरेको थियो ।

विशेषगरी मादक पदार्थ सेवन गरेर सवारी हाँक्ने, बिना लाइसेन्स सवारी चलाउने, क्षमताभन्दा बढी भार बोक्नेलगायतका ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउनेलाई कारवाहीबाट ठूलो परिमाणमा राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बिसीले जानकारी दिए ।

पुस महिनामा सबैभन्दा बढी दुई हजार ८७३ सवारीसाधन कारवाहीमा पर्दा प्रहरीले १९ लाख ४७ हजार रूपैयाँ राजस्व सङ्कलन गरेको थियो । सबैभन्दा कम साउन महीनामा एक हजार १४१ सवारी कारवाही हुँदा आठ लाख ५२ हजार ५०० राजस्व सङ्कलन भएको जनाइएको छ ।

ट्राफिक नियमसम्बन्धी आव २०७५७६ मा ६१३ पटक जनचेतनामूलक कार्यक्रम गर्दा सवारी दुर्घटनामा कमी आएकोे उनको दाबी छ । उनका अनुसार आव २०७४७५ मा सवारी दुर्घटनाबाट ३५ को मृत्यु भएकामा आव २०७५७६ मा त्यो सङ्ख्या २९ मा झरेको छ ।

प्रकाशित मिति : श्रावण २, २०७६ बिहिबार  २ : ०० बजे