मन्त्री र नेताहरुले गरे आकाशबाटै निरिक्षण : बाढी पिडितले भेट्न खोज्दा समेत भेट गरेनन



रौतहट –

पूर्व प्रधानमन्त्री माधब नेपाल,उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ राजपा अध्यक्षमण्डलका अध्यक्ष अनिल झा र नेकपाका नेता प्रभु साहले बाढीग्रस्त क्षेत्रमा नेपाली सेनाको हेलिकप्टर मार्फत घुमघाम गरि राजधानी काठ्माण्डौ फर्केका छन ।

बाढी र डुबानले उठीबास लगाएको ६ दिनपछि निरीक्षणमा आएका मन्त्री र सांसदले बाढी र डुनान ग्रस्त क्षेत्रमा आकाशबाट चक्कर लगाउदै सरकारी अधिकारीको कुरा सुनेर राजधानी फर्केका हुन ।

उनीहरूले पीडितलाई पनि भेटेनन् ।  बाढी र डुबानबाट हुने क्षति रोक्न पूर्वतयारीमा कमी भएको स्वीकार गर्दै  गृहमन्त्री थापाले उद्धार, राहत र पुनःस्थापनाको काम निरीक्षण गर्न आएको बताए ।

हेलिकप्टरबाट घुमाघम पछी मन्त्री तथा नेताहरु गौरस्थित सेनाको पुरेनवा गणमा हेलिकप्टरबाट उत्रिएका थिय । नेताहरूले सामूहिक तस्बिर खिचाएर रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाबाट  बाढी–डुबानबारे ब्रिफिङ सुनेका थिय  ।

गौरस्थित सेनाको पुरेनवा गण नजिकै राहतको आस गर्दै पुगेका पीडितहरूलाई समेत नभेटी नेताहरुको टोली सप्तरी र जनकपुरको यस्तै खाले निरिक्षण र भेट्घाटका लागी त्यस तर्फ प्रस्तान गरेको थियो ।

 

 

 

प्रकाशित मिति : श्रावण २, २०७६ बिहिबार  २ : ५१ बजे